सागर आलेको गीतमा वर्षा राउतको बबाल अभिनय, विवाह लगत्तै गरेको बर्षाको पहिलो म्युजिक भिडियो यस्तो बन्यो (भिडियोसहित)

काठमाडौँ, २९ फागुन । गायक सागर आलेले नयाँ गीत सार्वजनिक गरेका छन् ।

बिजी इन्टरटेन्मेन्टको प्रयोजनमा बनेको यस गीतलाई बिजी इन्टरटेन्मेन्टकै युट्युब मार्फत हिजो मङ्गलबार सार्वजनिक गरिएको हो ।

रेम्बो अधिकारीले लेखेका “पल्लाघरे काका” बोलको गीतमा बरिष्ठ हाँस्य कलाकार सुरवीर पण्डित , अभिनेत्री वर्षा राउत, लेखक स्वयम् अधिकारी फिचरड छन् ।

सार्वजनिक उक्त गीतमा टीका दाहालले संगीत भरेका छन् भने गम्भीर बिष्ट र सुबोल थापाले भिडियोको निर्देशन तथा कोरियोग्राफी गरेका छन् ।

अभिनेत्री वर्षा राउतले वैवाहिक बन्धनमा बाँधिए लगत्तै उक्त गीतमा अभिनय गरेकीले गीतको चर्चा सुटिङ समय देखिनै चलेको थियो ।

युवा पुस्तालाई लक्षित गरि तयार पारेको यो गीतले सकारात्मक सन्देश पनि दिएको छ ।

भिडियो हेर्नुहोस्-