२२ वर्षपछि एकसाथ फ्रेममा देखिए सन्जय दत्त र माधुरी दीक्षित (भिडियो सहित)
एजेन्सी, २९ फागुन । आफ्नो अफेयरका कारण लामो समयसम्म बलिउड चर्चामा रहेका सन्जय दत्त र माधुरी दीक्षित २२ वर्षपछि सँगै देखिएका छन् ।
बिगतमा बलिउडमा निकै हिट फिल्मसमेत दिइसकेका यी जोडीलाई अभिसेक भ्रमनको फिल्म कलंकमा ५ सेकेण्डमो सिनमा सँगै देखिएको हो ।
यसबारे सन्जय दत्तले भनेका छन्, ‘माधुरी मेमसँग काम गर्न पाउनु मेरो सौभाग्य हो, फिल्मको पुरै टिमसँग काम गर्दा रमाइलो भयो ।’
उनीहरु दुवैले अन्तिम पटक १९९७ मा २२ वर्ष पहिले महानता फिल्मममा सँगै काम गरेका थिए । । दुवैले १९९८ मा फिल्म खतरो का खेलाडी, इलाका, साजन , खलनायक जस्ता फिल्ममा काम गरेका थिए । त्यती बेला उनीहरुको अफेयरको समेत निकै चर्चा चलेकाे थियाे ।
सन्जय दत्तको जिवनी लेखिएको किताब ‘संजय दत्त: द क्रेजी अनटोल्ड लव स्टोरी अफ बलीवुड बेड ब्वाय’ मा पनि उनीहरुको सम्बन्ध बारे लेखिएको छ । किताबमा सन्जय TADA मामिलामा जेल गएपछि उनीहरुको सम्बन्धमा दरार आएको र माधुरीको परिवार पहिलेदेखि नै यो सम्बन्धको विरुद्ध रहेकाे कुरा छ । एक्टर जेल गएपछि माधुरी पनि उनीबाट टाढै रहिन र अहिले लामो समयपछि आएर उनीहरु सँगै देखिएका छन् ।
ट्रेलर हेर्नुहोस्-
