अभिनेता आर्यन सिग्देल आगामी वैशाखमा बाबु बन्दै, फिल्मी शैलीमै सार्बजनिक गरे गर्भवती श्रीमतीसँगको तस्बिर ! (तस्बिरसहित)

काठमाडौं, २६ फागुन । नायक आर्यन सिग्देल आगामी वैशाखमा बाबु बन्दैछन् । आर्यन पत्नी सपना भण्डारीले वैशाखमा बच्चालाई जन्म दिने भएकी हुन् ।

सपनाले आइतबार बिहान आफ्नो गर्भावस्थाको तस्बिर सार्वजनिक गरेकी छन् । उनले पति आर्यनसँग बसेर खिचाएको तस्बिर फेसबुकमा सेयर गर्दै २०७६ वैशाखपछि आफूहरूको जीवन नै परिवर्तन हुने उल्लेख गरेकी छन् ।

सपनाले सार्बजनिक गरेको तस्बिरहरु हेर्नुहोस् –