जमिनमुनि गाडेर राखेको अवस्थामा राजधानीको स्यूचाटारमा बम भेटियो

काठमाडौं, २६ फागुन । काठमाडौंको स्यूचाटारस्थित कमलपोखरीमा प्रेसर कुकर बम फेला परेको छ ।

उक्त बम जमिनमुनी गाढेर राखिएको अवस्थामा आज फेला परेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी बसन्त लामाले जानकारी दिएका छन् ।

उनका अनुसार बम नेपाली सेनाको बम डिस्पोजल टोलीले निस्क्रिय पारेको लामाले जानकारी दिएका छन् ।