प्रहरी अधिकृतमा प्रवेश गर्न आजदेखि बञ्जीजम्प अनिवार्य !
चौतारा, २५ फागुन । सिन्धुपाल्चोकको लिस्तीमा अवस्थित बञ्जीजम्प आजदेखि प्रहरी अधिकृतको सेवा प्रवेश तालीममा पनि अनिवार्य गरिएको छ ।
रोमाञ्चकारी र साहसिक रुपमा खेलिँदै आएको खेललाई अधिकृतको सेवा प्रवेश तालीममा अनिवार्य गरिएको हो ।
राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानबाट सञ्चालित १७९औँ समूहका प्रहरी निरीक्षक आधारभूत तालीममा सहभागी १४ जना महिलासहित १२० जनाले बञ्जीजम्प गरेका छन् ।
प्रहरीलाई विभिन्न समयमा उद्धार कार्य गर्नुपर्ने परिस्थितिमा आइपर्ने हुँदा बञ्जीजम्प अनीवार्य गरिएको प्रतिष्ठानका प्रहरी उपरीक्षक मधुसुदन लुईंटेलले बताउनुभयो । यस प्रकारको तालीम गतवर्ष पनि सोही स्थानमा दिइएको थियो ।
