मेनपावरको मालिकको घरमा अज्ञात समुहद्वारा बम विस्फोट

काठमाडौँ, २४ फाल्गुन । राजधानीको बसुन्धरास्थित बम विस्फोट भएको छ । वैदेशिक रोजगार व्यवसायी सङ्घका अध्यक्ष तथा टप जब्स मेनपावरका मालिक रोहन गुरूङको बसुन्धरास्थित घरमा अज्ञात समूहले बम विस्फोट गराएको हो।

प्रहरीका अनुसार घटना शुक्रबार राति ७:४० बजे तिर भएको हो । गुरुङ चार तला माथि आफ्नै घरमा रहेको बेला उक्त विस्फोट भएको थियो । विस्फोटको आवाज सुनेर तल हेर्दा आगोको मुस्लो देखेको उनले बताए ।

विस्फोट पछी घरमा पार्किङ गरि राखिएको ल्याण्ड क्रुजर कार पूर्ण रुपमा ध्वस्त भएको छ भने घरमा पनि क्षति पुगेको छ । विस्फोट हुदा गुरुङ कै घरमा सटर भाडामा लिएर बस्ने मणिराम पौडेल घाइते भएका छन ।

बम विस्फोट हुदा गुरुङको बाहेक अन्य एक घरको पनि सिसाहरु फुटेको छ ।

घटना कसले घटाएको हो प्रहरीले यसको अनुसन्धान अगाडी बढाएको छ ।