बसुन्धरा स्थित गाडीमा बिस्फोट, एक जना घाइते

काठमाडौं । राजधानीको बसुन्धारास्थित गाडीमा विस्फोट भएको छ। गाडीमा रहेको सिलीण्डर विस्फोट भएको प्रहरीले जानकारी दिएको छ । विस्फोटबाट १ जना घाइते भएका छन् । विस्फोट पछी गाडीमा पुरै क्षेती पुगेको छ ।

उक्त गाडी वैदेशिक रोजगार व्यवसायी सङ्घका अध्यक्ष रोहन गुरुङको भएको प्रहरीले जनाएको छ। स्थानीयवासीका अनुसार शुक्रबार साझ ७ : ४५ तिर ठुलो विस्फोटको आवाज आएको थियो ।

घटनाको थप विवरण आउन बाकी ।