११ बुंदे सहमतिपछि सिके राउतको पहिलो सम्बोधन : “हामी बुद्धका सन्तान हौ, अहिंशा हाम्रो रग-रगमा बसेको छ”

काठमाडौँ, २४ फागुन । राष्ट्र विखण्डनको गतिविधि गर्दै आएका सिके राउत र सरकारबीच ११ बुँदे सहमति भएपश्चात राउतले कार्यक्रममा राउतले सम्वोधन गरेका छन् ।

सम्बोधनकाक्रममा उनले आफूहरु अधिकार प्राप्तिको लागि पहिला देखिनै शान्तिपूर्ण रुपमा प्रस्तुत भएका बताएका छन् ।

उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई धन्यवाद समेत व्यक्त गरेका थिए । राजनीतिक सहमतिको लागि प्रधानमन्त्रीले खेलेको भूमिकाको प्रसंशा गर्दै उनले धन्यवाद व्यक्त गरेका हुन् ।

“आजको दिन ऐतिहासिक छ । हामीले विगत केही बर्षदेखि देशमा विकाराल समस्याका रुपमा जुन मुद्दा उठेको थियो जसमा राज्यपक्ष र हामी पनि चिन्तित थियौँ । जिम्मेवार नागरिकलाई चिन्तित बनाएको थियो त्यसले कस्तो भयाभह रुप लेला भनेर । तर, आज बढो सुरक्षित र शान्तिपूर्ण रुपमा अवतरण हुँदैछ । यो सवै जनताका लागि खुसीको कुरा हो। धन्यवाद व्यक्त गर्दै राउतले भने,”यस्तो महत्वपूर्ण सहमतिका लागि प्रधानमन्त्री स्वयम्ले पहल गरेर, मुद्दाको बेदना बुझेर कदम चालेकोमा प्रधानमन्त्री धन्यवादको पात्र हुनुहुन्छ ।”

साथै राउतले यसअघिका प्रधानमन्त्री, शेरबहादुर देउवा, सुशील कोइराला, पुष्पकमल दाहाल, डा. बाबुराम भट्टराई पनि धन्यवादका पात्र भएको बताएका छन् ।

राउतले बुद्धका सन्तान रहेको जिकिर गर्दै शान्तिपूर्ण पद्दतिको पहिला देखि नै आफूहरु पक्षधर रहेको बताएका छन् । उनले भने,”हामी बुद्धका सन्तान हौ । अहिंशा हाम्रो रग-रगमा बसेको छ ।”