यी हुन् संसारकै सबैभन्दा तेज दिमाग भएको नेपाली युवा, जसलाई ‘मेमोरी किङ’ भनेर चिनिन्छ !

काठमाडौँ, २४ फागुन । मेमोरि किंग भनेर चिनिएका अर्पण शर्माले सरकारले शिक्षा निति आफ्नो हातमा दिए शिक्षा प्रणालीमा आमुल परिवर्तन ल्याउने बताएका छन् ।

सल्यानको थारमारेमा विद्यार्थी तथा शिक्षकहरुलाई प्रशिक्षण दिन आएका शर्माले पत्रकारसँगको भेटघाटमा यस्तो बताएका हुन् ।

नेपालको शिक्षा निति राम्रो नभएको र विद्यार्थीलाई जबरजस्ती पढाइएको उनको भनाइ छ । नेपालको शिक्षा नितिमा विद्यार्थीहरुलाई पढाइने मात्रै तर ध्यान केन्द्रित नगराइएको बताएका छन् । एक्कोहोरो पढाइले विद्यार्थीहरु थकित हुने भएकाले ध्यान केन्द्रित हुने कार्य गर्नुपर्नेमा जोड दिएका छन् ।

सरकारको नितिले नेपालको शिक्षा क्षेत्रमा परिवर्तन नहुने भएकाले आफ्नै क्षेत्रबाट शिक्षालाई परिवर्तन गर्न लागेको शर्मा बताउँछन् । नेपालको घोक्ने विद्याले शिक्षामा सुधार नहुने र अर्कोपट्टी घोकेको कुरा भुल्ने उनको भनाइ छ ।

उनी भन्छन्, ‘परिक्षाको अघिल्लो दिनसम्म विद्यार्थीलाई सुत्न नदिइ घोक्न लगाइन्छ । यस्तो बानीले विद्यार्थीले भोलिपल्ट नै विर्सन्छन् ।’

शिक्षा भनेको सबैलाई सम्मान र चेतनाको विकास गर्ने हुनुपर्छ । यहाँ किसानको छोराछोरी र अपहेलित तल्लो दर्जाका विद्यार्थीलाई अर्कै तरिकाले हेरिन्छ । बच्चादेखि नै सबैलाई सम्मान रुपमा हेर्नुपर्ने बताएका छन् ।

उनले सल्यानमा ३ दिनमा ४ सय भन्दा बढी शिक्षक, विद्यार्थी, बुद्धिजीविहरुलाई प्रशिक्षण दिएका थिए ।