‘वोमेन इन कन्सर्ट’ मा यस वर्षको लागि देशभरीबाट अभयाले छानिन् ८ युवतीहरु (भिडियो सहित)

काठमाडौँ, २२ फागुन । रक गायिका अभया सुब्बाले नेपाली गीत संगीत क्षेत्रमा महिलाहरुको सशक्त भूमिका होस भन्ने उद्देश्यले ‘वोमेन इन कन्सर्ट’ को अवधारणा ल्याएकी छिन् ।

नारीहरुलाई संगीत क्षेत्रमा अघि बढाउने उद्देश्यले केहि वर्ष अगाडी ‘वोमेन इन कन्सर्ट’को अवधारणा ल्याएकी हुन् ।

हरेक वर्ष हुने यस कन्सर्टमा यस वर्ष पनि ‘सिंगर एण्ड सङ्ग राइटर’ अन्तर्गत देशै भरिबाट ८ जना महिला रचनाकार र संगीतकारहरु छानिएका छन् ।

जसले मार्च ८ तारिक अर्थात् अन्तराष्ट्रिय नारी दिवसको अवसरमा भृकुटी मण्डपमा आफ्नो प्रस्तुती दिदै छन् ।

‘वोमेन इन कन्सर्ट’ का प्रतिस्पर्धीहरुसँग बिगुल न्युजले संछिप्त कुराकानी गरेको छ ।

भिडियो हेर्नुहोस्-