आलियाले खोलिन् प्रेमीको नामबाट आफ्नै प्रोडक्सन हाउस !

एजेन्सी, २२ फागुन । रणवीर सिंह र आलिया भट्ट अभिनित चलचित्र ‘गली ब्वाय’ले बक्स अफिसमा १०० करोड भन्दा माथिको कलेक्सन गर्न सफल भएको छ ।

प्रेमसम्बन्धका कारण पनि चर्चामा रहेकी आलियालाई यस फिल्मको सफलताले झनै उचाइमा पुर्याईदिएको छ ।

यति बेला भने आलिया चलचित्र ब्रह्मास्त्रको सुटिङ्गमा ब्यस्त छिन । यसैबीच आलियाले एक अन्तर्वातामा आफुले अभिनय मात्र नभई आफ्नै नामको प्रोडक्सन हाउस समेत खोल्न चाहेको र त्यसको सुरुवात समेत गरिसकेको बताएकी छन् ।

आलियाले आफ्नो प्रोडक्सन हाउसको नाम ‘इन्टरनल सनसाइन प्रोडक्सन’ राखेको बताएकी छिन् । साथै उनले यो नाम आफ्नो ब्वाईफ्रेन्ड को नाममा राखेकी हुन् । किनकि उनले रणवीर कपुरलाई मायाले सनसाइन नामले बोलाउने गरेकी छिन ।

रणवीरको जन्मदिनको अवसर पारेर अलियाले आफुले रणवीरलाई माया गरेर सनसाइन भनरे बोलाउने गरेको समेत खुलासा गरेकी थिइन् ।

आलियाले आफुले आफ्नै नामको प्रोडक्सन हाउसबाट एक धमाकेदार चलचित्रको निर्माण गर्ने समेत बताएकी छिन। चलचित्र कस्तो खालको बनाउने भन्नेमा अहिले नै खास जानकारी नभएको र आफ्नो चलचित्रमा आफैले अभिनय गर्ने योजना रहेको समेत जानकारी दिएकी छिन ।

रणवीर, आलिया चलचित्र निर्देशक आयन मुखर्जी शिवरात्रीको अवसर पारेर कुम्भमेलामा समेत सहभागी भएका थिए । सोहि अवसरमा उनीहरुले चलचित्र ब्रह्मास्त्रको लोगो सार्बजनिक गरेका हुन् ।