टिकापुर घटनाको फैसलाले राजपाभित्र खैलाबैला, बोलायो आकस्मिक बैठक !

काठमाडौँ , २ फागुन । टीकापुर घटनाका मुख्य अभियुक्त रेशम चौधरीलाई जिल्ला अदालत कैलालीले जन्मकैदको सजाय सुनाए लगत्तै राष्ट्रिय जनता पार्टी (राजपा)ले अध्यक्ष मण्डलको आकस्मिक बैठक डाकेको छ ।

बुधबार अदालतले फैसला सुनाउने बित्तिकै राजपाले सरकारलाई दिएको समर्थन बारे छलफल गर्न बैठक डाकिएको श्रोतले बताएको छ ।

संसद सकिए लगतै बस्ने अध्यक्ष मण्डलको आकस्मिक बैठकमा अदालतको फैसला र पार्टीले चाल्ने कदमबारे छलफल हुने बुझिएको छ ।

न्यायाधीश परशुराम भट्टराईको एकल इजलासले चौधरीसहित १२ जनालाई दोषी ठहर गर्दै जन्मकैद फैसला सुनाएको हो ।

अदालतको फैसलासँगै सांसद रेशम चौधरीको पद खारेज हुने भएको छ ।

अदालतबाट दोषी ठहर भएपछि सांसद नरहने कानुनी प्रावधान अनुसार चौधरी सांसदबाट स्वतः निलम्वन हुने भएका हुन् ।

पुर्पक्षका लागि थुनामा रहेका चौधरीले थुनामै रहँदा १९ पुसमा सांसद पदको सपथ लिएका थिए ।