तेह्रथुममा जिप दुर्घटना हुँदा ३ घाइते, १ काे अवस्था गम्भीर !

फेदाप, १७ पुस । तेह्रथुमको आठराई म्यङलुङ र्याप सडक खण्डमा बलेरो जिप दुर्घटना हुँदा ३ जना घाइते भएका छ्न ।

तेह्रथुमको फेदाप गाउँ पालिका र आठराई गाउँ पालिकाको संगम स्थलमा यात्रु पुराइ सम्दु फर्कदै गरेको को १ ज २४९२ नम्बरको जिप आठराई सडकबाट करिब ७० मिटर तल खसेर दुर्घटना भएको हो ।

दुर्घटनामा घाइते हुनेहरुमा बर्ष २५ का एकराज लिम्बू, बर्ष ३९ का सनकुमार लिम्बु र बर्ष २८ का प्रसान राई घाइते रहेका छन् । घाइते हुनेहरु सबै फेदाप ४ सम्दुका स्थानीयबासी रहेका छन् ।

घाइते बर्ष २८का प्रसान राईको अबस्था गम्भीर रहेकोे र थप उपचारका लागि जिल्ला अस्पताल लैजाने तयारी भएको सम्दु प्रहरी चौकीका प्रहरी साहयक निरीक्षक पदम श्रेष्ठले बताएका छ्न ।