सोनु निगमको केहि दिन अगाडी नेपालमा खिचिएको म्युजिक भिडियो ‘शिव शंकरा’ सार्वजनिक : हेर्नुहोस (भिडियोसहित)
काठमाडौं, २० फागुन । भारतीय चर्चित गायक सोनु निगमले केही समय अघि नेपालमा आएर सुटिङ गरेको म्युजिक भिडियो सार्वजनिक भएको छ ।
उनले महाशिवरात्रीको तीन दिन अघि भगवान शिवको नाममा म्युजिक भिडियो तयार पारेका हुन् ।
टाइम्स म्युजिक स्पिरिचुअलको ब्यानरमा बनेको ‘शिव शंकरा’ मार्च १ मा रिलिज गरिएको थियो ।
सोनु निगमको आवजमा सजिएको यो गीतको म्युजिक भिडियो नेपालको सुन्दर पर्यटकीय स्थल पोखरामा खिचिएको हो ।
यो गीतका लेखक ब्यबसायी बसन्त चौधरी हुन् । यसै गीतको सुटिङको क्रममा नेपाल आउँदा उनी बिरामी भएर अस्पताल समेत भर्ना भएका थिए ।
भिडियो हेर्नुहोस्-
