भोली देशभरका स्कुल बन्द (विज्ञप्तिसहित)

काठमाडौं, २० फाल्गुन । भोलि देशभरको सामुदायिक विद्यालय बन्द हुने भएको छ । अस्थायी राहत शिक्षक संगठनले भोलिदेखि देशभरका सामुदायिक विद्यालय बन्दको आह्वान गरेका हुन् ।

आफ्नो माग पुरा गर्न भन्दै प्रदर्शनमा निस्किएका राहत शिक्षक तथा बालविकास शिक्षक र प्रहरीबीच आज सोमबार पनि नयाँ बानेश्वरमा झडप भएको थियो । यसरी आफ्ना मागप्रति सरकार गम्भीर नभएको भन्दै उनीहरुले बन्दको आह्वान गरेका हुन् ।

उनीहरुले आफ्ना मागहरुका साथ भोलि मंगलबार देशभरका सामुदायिक विद्यालय बन्दको आह्वान गरेका छन ।

विज्ञप्तिसहितः

०००

यो पनि हेर्नुहोस :

बानेस्वरमा शिक्षकको प्रदर्शन, प्रहरीले गर्यो अश्रुग्यास र पानीको फोहोरा प्रहार

काठमाडौँ, २० फागुन । राहत शिक्षक तथा बालविकास शिक्षक र प्रहरीबीच सोमबार पनि नयाँ बानेश्वरमा झडप भएको छ । स्रोत व्यक्ति सट्टा शिक्षक संघर्ष समितिको प्रदर्शनमा आज प्रहरीले हस्तक्षेप गरेको छ । सडक अवरोध गर्न खोजेपछि सामान्य लाठीचार्ज गरी पानीको फोहराले हटाइएको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता होविन्द्र बोगटीले जानकारी दिनुभयो ।

निषेधित क्षेत्र तोड्न लागेका शिक्षकलाई प्रहरीले पानीको फोहोरा र अश्रुग्यास हानेर तितरबितर पारेको थियो ।

प्रदर्शन गर्दै बानेश्वरको निषेधीत क्षेत्र तोड्न खोजेपछि हस्तक्षप गर्नुपरेको प्रहरीले जनाएको छ । सट्टा शिक्षकले सरकारले कामबाट हटाएर बेरोजगार बनाउन खोलेएको भन्दै आन्दोलित भएका हुन् । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले उनीहरुलाई स्रोत व्यक्तिको रुपमा नरहने र पुरानै स्रोत व्यक्तिलाई पठाउने निर्णग गरेको थियो । जब शिक्षकले निषेधित क्षेत्रमा प्रहरीले राखेको बार हटाउन थाले, प्रहरीले पानीको फोहोरा र अश्रुग्यास हान्न सुरु गर्‍यो । अश्रुग्यासका कारण वरपरका सडकमा हिँड्ने सर्वसाधारण र बटुवाहरुसमेत प्रभावित भएका थिए ।

आन्दोलनरत् सट्टा शिक्षकले यसअघि सरकारलाई विभिन्न विषय समेटेर मागपत्र बुझाएका थिए । कतिपय विद्यालयमा स्रोत शिक्षक नआउँदा सट्टा शिक्षकले नै पढाउँदै आएका छन् । आज उनीहरुले माइतीघर मण्डलामा समेत प्रदर्शन गरेका थिए ।