घट्यो अमेरिकी डलरको भाउ, अन्य देशको कति ? (सुचिसहित)

काठमाडौँ, १७ पुस । आज (मंगलबार) नेपाली बजारमा अमेरिकी डलरको भाउ घटेको छ । सोमबारको तुलनामा आज अमेरिकी डलरको भाउ २७ पैसाले घटेको हो ।

नेपाल राष्ट्र बैँकले तोकेको विनिमयदर अनुसार आज नेपाली बजारमा अमेरिकी डलरको खरिददर मूल्य १ सय ११ रुपैयाँ ३४ पैसा छ भने विक्रिदर मूल्य १ सय ११ रुपैयाँ ९४ पैसा छ ।

त्यसैगरी युरोपियन डलर १ को खरिद दर १२७ रुपैयाँ ६० पैसा रहेको छ भने बिक्रि दर १२८ रुपैया २८ पैसा रहेको छ । अष्ट्रेलियन डलर १ को खरिद दर ७८ रुपैयाँ ६४ पैसा रहेको छ भने बिक्रि दर ७९ रुपैयाँ ०६ पैसा रहेको छ ।

एक साउदी रियालको खरिददर २९ रुपैयाँ ६८ पैसा छ भने बिक्रिदर २९ रुपैयाँ ८४ पैसा छ । त्यस्तै, एक कतारी रियाल खरिददर ३० रुपैयाँ ५८ पैसा छ भने विक्रिदर ३० रुपैयाँ ७४ पैसा रहेको छ ।

त्यस्तै एक मलेसियन रिंगिटको खरिददर मूल्य २६ रुपैयाँ ९४ पैसा छ भने बिक्रिदर २७ रुपैयाँ ९ पैसा छ । त्यस्तै यूके पाउण्डको खरिददर १४२ रुपैयाँ १३ पैसा छ भने बिक्रिदर १४२ रुपैयाँ ८९ पैसा छ ।

नेपाल राष्ट्र बैंकले तोकेको अन्य देशको विनिमय दर विस्तृतमा तल हेर्नुहोस्-