दार्चुलामा जिप दुर्घटनामा परि ११ जनाको मृत्यु भएकाहरुप्रति प्रधानमन्त्रीद्वारा समवेदना

काठमाडौँ, १८ फागुन। प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार दार्चुलाको राताकाठामा भएको जिप दुर्घटनामा परी ज्यान गुमाउनेप्रति श्रद्धाञ्जलि व्यक्त गर्नुभएको छ ।

उहाँले ट्वीटमार्फत दुर्घटनाका एकमात्र घाइते जिप चालकको शीघ्र स्वास्थ्य लाभको कामना र मृतकका परिवारजनप्रति गहिरो समवेदना व्यक्त गर्नुभएको छ । शुक्रबार राति दार्चुलाको राताकाठामा भएको सो जिप दुर्घटनामा सात पुरुष, तीन महिला र एक बालिकाको मृत्यु भएको थियो । रासस

दार्चुला तिंकर सडक अन्तरगत दुहुँ ३ राताकाठा भीरमा शुक्रबार राती भएको जीप दुर्घटना । जीप दुर्घटनामा परी ११ जना यात्रुको घटनास्थलमै मृत्यू भएको र चालक गम्भीर घाइते भएका छन । जीप उकालो चढ्न नसक्दा दुर्घटना भएको प्रहरीको अनुमान छ । तस्वीर नरेन्द्रसिह कार्की दार्चुला रासस ।