सिरकको निहुँमा झगडा पर्दा २० बर्षीय भाइले गरे ४२ बर्षीय आफ्नै दाजुको हत्या !

उदयपुर, १८ फागुन । उदयपुरमा राति सुत्ने बेला सिरकको निहुँमा झगडा पर्दा भाइले आफ्नै दाइको हत्या गरेका छन् ।

जिल्लाको कटारी नगरपालिका ३ मा भाइले छुरा प्रहार गरेर दाजुको हत्या गरेका हुन् ।

मृतकका श्रीमती विमला मगरले राति सुत्ने बेला सिरकको निहुँमा भनाभन भएपछि भाइले छुरा प्रहार गरेको बताएकाे प्रहरीले जानकारी दिएको छ ।

इलाका प्रहरी कार्यालय कटारीका अनुसार बुधवार राति २० वर्षीय बुद्धिराम मगरले ४२ वर्षीय दाजु रामबहादुर मगरलाई छुरा प्रहार गरेका हुन् । मगरेको कटारी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले बताएको छ ।

दुवैजनाले मादक पदार्थ सेवन गरेका कारण झगडा भएको प्रहरीको भनाइ छ । बिहीबार मृतकका बुद्धिरामलाई प्रहरीले कटारीबाटै नियन्त्रणमा लिएको र अहिले म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।