२०१८ मा मात्रै कुवेतमा ४८ जना नेपालीले ज्यान गुमाए !

कुवेत, १७ पुस । पछिल्लो समय कुवेतमा ज्यान गुमाउने नेपालीको संख्या ह्वात्तै बढेको तथ्यांकले देखाएको छ ।

नेपाली राजदूतावास कुवेतको तथ्यांकअनुसार रोजगारको लागि कुवेत आएका ४८ जना नेपालीले २०१८ सालमा ज्यान गुमाएका छन । जसमध्ये ३६ जना पुरुष रहेका छन भने १२ जना महिला छन् ।

दूतावासका अनुसार सबैभन्दा धेरै ह्रदयघातका कारण १७ जनाको ज्यान गएको छ । त्यस्तै विभिन्न रोगका कारण ९ जना , सडक दूर्घटनामा परि ८ जना ,काम गर्ने ठाउँमा ३ जना , डुबेर १ जना , करेन्ट लागेर १ जनाले ज्यान गुमाएका छन् ।

अहिले ५ जनाको मृत्यु अनुसन्धानको क्रममा छ भने ३ जनाले आत्महत्या गरेका छन । त्यस्तै १ जनाको हत्या ( मडर) गरि जम्मा ४८ जना नेपालीले गएको वर्ष २०१८ मा ज्यान गुमाएको नेपाली राजदूतावास कुवेतका दितिय सचिव ज्ञान बहादुर मगरले जानकारी दिए ।

कुवेतमा करिव १ लाख नेपाली कार्यरत छन् ।