सबैलाई रुवाउँदै जन्मथलो पोखरा उडे मन्त्री रवीन्द्र अधिकारी, अब पोखरा रुनेछ, अलबिदा रविन्द्र (हेर्नुहोस् भिडियो)

पोखरा । ताप्लेजुङको फुङलिङ नगरपालिका–१० सिस्नेखोलानजिकै हेलिकोप्टर दुर्घटनामा परी मृत्यु भएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको शव श्रद्धाञ्जली र अन्त्येष्टिका लागि शुक्रबार गृह नगर जिल्ला कास्की ल्याइने भएको छ ।

मन्त्री अधिकारीको शव शुक्रबार अन्त्येष्टिअगाडि पोखराको प्रदर्शनी केन्द्रमा श्रद्धाञ्जलीका लागि राखिने छ । नागरिकले श्रद्धाञ्जली दिन पाउने गरी प्रदर्शनी केन्द्रमा श्रद्धाञ्जलीका लागि बिहीबार नै व्यवस्थापन गरिएको छ । बिहीबार बिहान नेकपा प्रदेश कार्यालयको आयोजनामा शान्ति वन वाटिकास्थित जिल्ला पार्टी कार्यालयमा बसेको प्रदेश कार्यालय, उपलब्ध केन्द्रीय तथा प्रदेश सदस्य र कास्की पार्टी संयन्त्र सदस्यहरुको बैठकले मन्त्री अधिकारीको अन्त्येष्टिका लागि पार्टीको आन्तरिक व्यवस्थापन प्रदेश सरकारको समन्वयमा जिल्ला पार्टी कार्यालयले गर्ने निर्णय गरेको थियो ।

त्यसै अनुरुप श्रद्धाञ्जलीका लागि तयारी भइरहेको छ । सबैलाई रुवाउँदै जन्मथलो पोखरा उडे मन्त्री रवीन्द्र अधिकारी, अब पोखरा रुनेछ, अलबिदा रविन्द्र…हेर्नुहोस् भिडियो।