यस्ता व्यक्तिले पटक्कै सेवन नगर्नुहोस कर्कला, हुनसक्छ विष सरह

काठमाडौँ , १२ साउन । कर्कला गाउँघरमा पाइने एक तरकारी हो । हामी कर्कलाको फल र पात नै तरकारी बनाएर खाने गर्छौँ । कतिलाई यसको तरकारी मन पर्न पनि सक्छ कतिलाई मन पर्दैन । हामीले तरकारीको रुपमा खाइरहेको भएपनि हाम्रो शरीरको लागि कति फाइदा छ भन्ने बारेमा भने त्यति जानकार छैनौँ । कर्कलाको सेवनले हाम्रो शरीरलाई निकै फाइदा पु¥याउँछ । यसमा फाइवर, प्रोटिन, पोटासियम, भिटामिन, क्याल्सियम, आइरन लगायतका पोषक तत्वहरु पाइन्छ । आज हामी कर्कला सेवन गर्दाको फाइदा र बेफाइदा बारे जानकारी दिन गइरहेका छौँ ।

यस्ता छन् कर्कला खाँदाका फाइदाहरु

१. पिसाब पोल्ने समस्या हटाउँछ

कर्कलाको पातको रस १० ग्राम निकालेर ३÷४ दिनसम्म सेवन गर्नुहोस् । तपाइको पिसाब पोल्ने समस्या हटेर जान्छ ।

२. वायू विकार भइरहेमा

लगातार वायू विकार भइरहेमा कर्कलाको पात उमालेर छान्नुहोस् । त्यसमा थोरै घीउ मिसाएर केहि दिन सेवन गर्नाले वायू विकारको कारण हुने समस्या दूर भएर जान्छ ।

३. हृदय रोगमा लाभदायी

हृदय रोग भएका व्यक्तिले कर्कलाको तरकारी बनाएर कम्तिमा २५ ग्रामको दरले दैनिक सेवन गरेमा हृदय रोगमा लाभ मिल्छ ।

४. उच्च रक्तचापमा

उच्च रक्तचाप भएका व्यक्तिले हरेक खानामा कर्कला पनि मिसाउदा अति लाभदायी हुन्छ ।

५. ब्लडप्रेसर नियन्त्रणमा राख्छ

यसमा पर्याप्त मिनरल्स, पोटासियम, म्याग्नेशियम लगायतका पोषक तत्वहरु हुन्छ । यसको सेवनले ब्लड प्रेसर नियन्त्रणमा राख्छ ।

६. घाउबाट रगत बगेमा

कर्कलाको काण्ड पोलेर खरानी बनाउनुहोस् । त्यसमा थोरै तेल राखेर घाउ भएको ठाउँमा लगाउनुहोस् । तपाईको घाउबाट रगत बग्न छोड्छ ।

७. पित्तको समस्या भएमा

कर्कलाको कलिलो पातको रस १० ग्राम जति निकाल्नुहोस् । त्यसमा जीरा पिसेर मिलाउनुहोस् र सेवन गर्नुहोस् । पित्तको समस्या हटेर जान्छ ।

८. दुध कम आएमा

बच्चाको दुध कम आएमा आमाले नियमित रुपमा कर्कलाको सेवन गर्नुपर्छ ।
यस्ता व्यक्तिले कर्कलाको सेवन नगर्नुहोस्

१. घाँटीको जलन

घाँटीमा जलन भएका व्यक्तिले कर्कलाको सेवन नगर्नुहोस् । यस्ता विरामीलाई कर्कला विष बनिन सक्छ ।

२. दमको विरामी

दमको विरामीले पनि कर्कलाको सेवन नगर्नुहोस् । कर्कलाको सेवनले पेटमा कफ बढाउन पनि सक्छ ।

३. वाथको रोग

वाथको रोग भएमा पनि कर्कलाको सेवन नगर्नुहोस् । यसको सेवन हानीकारक हुन्छ ।

४. गर्भवती महिलाले सेवन नगरेको राम्रो

गर्भवती महिलाले पनि कर्कलाको सेवन नगरेकै राम्रो हुन्छ । यसको सेवनले वात विकारको समस्या ल्याउन सक्छ ।