दाङ पहिलोपटक कुखुरापालन महोत्सव

नारयणपुर, १० माघ ।  दाङमै पहिलोपटक पोल्ट्री महोत्सव शुरु भएको छ । सुरक्षित कुखुरा तथा दाना व्यवसायी समिति घोराहीको मूल आयोजनामा आजदेखि शुरु प्रदेशस्तरीय प्रथम पोल्ट्री महोत्सव तथा प्रदर्शनीको कृषि तथा पशुपक्षी विकासमन्त्री चक्रपाणि खनालले उद्घाटन गर्नुभएको छ ।

कृषिमन्त्री खनालले अबको १० वर्षमा आयातमुखी अर्थतन्त्रलाई शून्यमा झार्ने बताउँदै पाँच वर्षभित्र देशमा समृद्धिको खाका निर्माण हुने र १० वर्षभित्र खासखास वस्तुको निर्यात हुने धारणा व्यक्त गर्नुभयो ।

कृषकलाई सहुलियतमा ऋण उपलब्ध गराउन सरकारले छुट्टै कृषि बैंकको अवधारणा निर्माण गरेको भन्दै कृषक परिचयपत्र निर्माण गर्ने र पेन्सनमा आधारित कृषि व्यवस्था सञ्चालन गर्ने मन्त्री खनालले जानकारी दिनुभयो । उहाँले किसानलाई राहत दिने, अनुदान उपलब्ध गराउने, मल र बीउको व्यवस्थापन गर्ने काममा सरकार सचेत भएर काम गर्दै आएको बताउनुभयो ।

“सरकारले देशका विभिन्न जिल्लामा पकेट क्षेत्र घोषणा गर्दै कार्यक्रम सञ्चालन गरेको छ, शीत भण्डारको निर्माण, स्याउ कागतीको उत्पादनका लागि कार्यक्रम शुरु भइसकेका छन्, दाङलाई यहाँको हावापानीअनुसारको ब्रोइलर र अन्य जातको कुखुराको मासुमा आत्मनिर्भर बनाउने योजना छ । रासस