भारतीय चर्चीत कमेडियन कपिल शर्मा र गिन्नीले आफ्नो विवाहको तेस्रो पार्टी धुमधामका साथ दिँदै

भारतीय चर्चीत कमेडियन कपिल शर्मा र गिन्नी चतरथको विवाह पार्टी अझै पनि सकिएको छैन। कपिल शर्मा र गिन्नी चतरथले नया साल डिसेम्बर  १२ हिन्दु र शिख परम्परा अनुसार जालान्धर पन्जाबमा धुमधामका साथ गरेका थिए । विवाहपछिको पहिलो रिसेप्शन पार्टी डिसेम्बर २२ मा अमृतसरमा दिएका थिए भने दोस्रो पार्टी मुम्बईमा दिएका थिए । पहिलो विहे पार्टीमा अभिनेता रणवीर सिंह,दिपिका पादुकोण लगायत चर्चित सेलीब्रेटीहरु उपस्थित भएका थिए ।

अब तेस्रो पार्टी पटक पार्टी दिने घोषणा गरेको भारतीय संचार मध्यमले जनाएको छ । मीडिया रिपोर्ट्सका अनुसार उनको तेस्रो रिसेप्सनमा पार्टीमा उच्च नेता अधिकारीदेखि ब्यूरोक्रेट्ससमेत सहभागी हुने छन् । पार्टीमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदी पनि सामेल हुनसक्ने बताइएका छ ।