सालको पातको टपरी हुनी गीतमा राउटेहरु यसरी कम्मर मर्काइ -मर्काइ नाँचे ! (भिडियोसहित)

काठमाडौं, १० माघ । युट्युबमा सर्वाधिक हेरिएको ‘सालको पात टपरी हुनी’ लोक गीतमा लोपोन्मुख जाती राउटे नाचेको भिडियो अहिले भाइरल भएको छ ।

बिष्णु माझी र कुलेंद्र बिकको स्वरमा सजिएको यस गीत नेपालकै लोपुन्मुख र अन्य जति भन्दा भिन्न मानिने राउटे नाचेको भिडियो भाइरल भएको हो ।

जुन भिडियो हेर्दा सबैलाई अचम्म लाग्नुका साथै रमाइलो समेत लाग्छ । आफुलाई जंगलका राजा ठान्ने र सधै जंगलमै बास बस्ने राउटे जाती सामान्य अन्य मानिसको भन्दा कठिन तरिकाको जीवन निर्वाह गरिरहेका छन् ।

सुदुर मध्यपश्चिमका पहाडी जिल्लाहरुतिर आफ्नो बासस्थान सारिरहने राउटेले सालको पात टपरी हुनी हे बरै नहुने सालैको भन्ने निकै चर्चित गीतमा कम्मर मर्काइ मर्काइ नाचेका छन् । तपाइँ पनि हेर्नुहोस् उक्त रमाइलो भिडियो ।