पीएसजी फ्रेन्च कपको प्रि–क्वाटरफाइनलमा प्रवेश

काठमाडौं, १० माघ । पेरिस सेन्ट जर्मेन (पीएसजी)ले स्टार्सवर्गमाथि निकालेको २–० को जित महँगो साबित भएको छ ।

खेलमा फरवार्ड नेयमार घाइते भइ खेलको ६२ औं मिनेटमा मैदान छाडेपछि पिएसजीको जित महँगो बनेको हो ।

नेयमार मोआटाज जेमजेमीको ट्याकलमा परी घाइते भएका हुन् । यससँगै नेयमारले च्याम्पियन्स लिग अन्तरगतको म्यानचेस्टर युनाइटेडविरुद्धको प्रि–क्वाटरफाइनल खेल गुमाउन सक्ने क्लबले जनाएको छ ।

घरेलु मैदानमा पीएसजीलाई जिताउन एडिन्सन काभनी र एन्जल डि मारियाले गोल गरे । आइतबार राति भएको खेलमा घरेलु टोली पीएसजीले खेलको तेस्रो मिनेटमा नै काभनीको गोलबाट अग्रता बनाएको थियो । त्यसपछि पनि पीएसजीले स्टार्सवर्गको पोस्टमा बारम्बार पोस्ट आक्रमण बुनेपनि गोल गर्नको लागि ८०औं मिनेट कुर्नुप¥यो ।

८०औं मिनेटमा एन्जल डि मारियाल जुलयिन ड्राक्सलरको पासमा गोल गर्दै पीएसजीलाई २–० को जित दिलाए । जितसँगै पीएसजी फ्रेन्च कपको प्रि–क्वाटरफाइनलमा प्रवेश गरेको छ ।