ह्वात्तै घट्यो अमेरिकी डलरको भाउ, अन्य देशको कति पुग्यो ? (सुचिसहित)

काठमाडौं, १० माघ । आज (बिहीबार) नेपाली बजारमा अमेरिकी डलरको भाउ घटेको छ ।

बुधबारको तुलनामा आज अमेरिकी डलरको भाउ १६ पैसाले घटेको हो ।

नेपाल राष्ट्र बैँकले तोकेको विनिमयदर अनुसार आज नेपाली बजारमा अमेरिकी डलरको खरिददर मूल्य १ सय १३ रुपैयाँ ८४ पैसा छ भने विक्रिदर मूल्य १ सय १४ रुपैयाँ ४४ पैसा छ ।

त्यसैगरी, युरोपियन डलर १ को खरिद दर १२९ रुपैयाँ ३८ पैसा रहेको छ भने बिक्रि दर १३० रुपैयाँ ०६ पैसा रहेको छ । अष्ट्रेलियन डलर १ को खरिद दर ८१ रुपैयाँ २६ पैसा रहेको छ भने बिक्रि दर ८१ रुपैयाँ ६८ पैसा रहेको छ ।

एक साउदी रियालको खरिददर ३० रुपैयाँ ३५ पैसा छ भने बिक्रिदर ३० रुपैयाँ ५१ पैसा छ । त्यस्तै, एक कतारी रियाल खरिददर ३१ रुपैयाँ २७ पैसा छ भने विक्रिदर ३१ रुपैयाँ ५१ पैसा रहेको छ ।

त्यस्तै एक मलेसियन रिंगिटको खरिददर मूल्य २७ रुपैयाँ ५२ पैसा छ भने बिक्रिदर २७ रुपैयाँ ६६ पैसा छ । त्यस्तै यूके पाउण्डको खरिददर १४८ रुपैयाँ २९ पैसा छ भने बिक्रिदर १४९ रुपैयाँ ७ पैसा छ ।

नेपाल राष्ट्र बैंकले तोकेको अन्य देशको विनिमय दर विस्तृतमा तल हेर्नुहोस् ।