बासी भात फाल्ने गर्नु भएको छ ! कहिलेपनि नफाल्नुहोस,बासी भात खानुको यस्ता छन् फाईदा

सबैको घरमा प्राय: जसो भात अलि धेरै पकाउने चलन छ। जुन सबैले खाना खाइसकेपछि बाकि रहेको भातलाई हामी बासी भात भन्ने गरिन्छ । र त्यसलाई पुन: खानेले खान्छन र फाल्नेले फाल्छन अथवा अरुलाई खुवाउछौ ।

तर, अबदेखि यदि घरमा पकाएको भात बढी भयो भने त्यसलाई फ्याक्ने काम नगरौँ । किनकि बासि भात खानाले हाम्रो स्वास्थ्यलाई हुने फाइदाको बारेमा तपाईँलाई थाहा नहुन सक्छ । राति पकाएको भात उब्रेको छ भने त्यसलाई नफ्याकि माटोको भाडामा रातभर पानीमा राखिदिनुस । त्यो भातलाई काँचो प्याज मिसाएर बिहानको ब्रेकफास्टमा खान सक्नु हुन्छ । बासि भात तपाईले कहिल्यै नखाएपनि यसले तपाईलाइ धेरै नै फाइदा हुन्छ ।

बासी भात खानुको फाईदा  जानीराख्नुहोस:

१. बासी भात आफैँमा एक चिसोयुक्त खाना हो । यदि तपाईले बासि भातलाई सहि तरिका अपनाएर खानुभयो भने तपाईको शरिरको तापक्रम नियन्त्रणमा रहन्छ ।

२. भातमा पर्याप्त मात्रामा फाइबर पाइन्छ, जसले कब्जियतको समस्याबाट छुट्कारा दिलाउछ ।

३. बासि भातले तपाई दिनभर आफूलाई ताजा बनाइ राख्न सक्नु हुन्छ । जसले गर्दा तपाईलाई दिनभर काम गर्नमा इनर्जी प्राप्त हुन्छ ।

४. यदि तपाई अल्सरको समस्याले पीडित हुनुहुन्छ भने हप्तामा तीनदिन बासि भात खाने गर्नुस । यसले तपाईको घाउ चाँडै निको हुन्छ ।

५. यदि तपाइलाई चिया र कफि पिउने बानि छ भने बिहान उठेर बासि भात खानाले यो बानि छुट्न सक्छ ।

(एजेन्सीको सहयोगमा)