व्रतका बेला शारीरिक सम्बन्ध राख्नु हुन्छ कि हुँदैन ? थाहा पाइराखौं

काठमाडौं, ९ माघ । ब्रतको बेला यौन सम्बन्ध राख्नु उचित हुन्छ कि हुँदैन भन्ने बारेमा धेरै जोडीहरुमा अन्योलता देखिन्छ । हिन्दू धर्मशास्त्र अनुसार कुरा गर्ने हो भने व्रतको दिन मन भगवानमा मात्र केन्द्रित गर्नु पर्ने कारणले यसबेला भोजन र यौन दुबै अनुचित मानिएको छ । तर यता चिकित्साशास्त्रले यस बारेमा भने फरक मत राखेको छ ।

नेपालको सन्दर्भमा कुरा गर्नु पर्दा नेपाल धर्मनिरपेक्ष देश मानिएकोले यहाँ सबै किसिमका धर्म मान्ने मानिसहरु बसोबास गर्दछन् । सबै धर्मको आ -आफ्नो धार्मिक मूल्य मान्यता हुन्छ । त्यसकारण कुन धर्मले के भन्छ ? त्यसबारेमा केहि जानकारी लिउँ ।

हिन्दुधर्मको अनुसार दिनभर भगवानमा मन लगाइने कारणले सहवासको कुरा सोच्नु हुँदैन भन्दै यदि यस्तो कुरा सोचेमा दिमाग भ्रष्ट हुन्छ भनिएको छ । इस्लाम धर्मग्रन्थमा पनि व्रत बसेको बेला सहवासलाई बर्जित गरिएको छ ।

क्रिश्चियनहरुमा भने जे गर्न पनि स्वतन्त्र रहेको छ, तर बुद्ध धर्म ग्रन्थले भने भगवानमा चित्त लगाउने समयमा सहवास गर्नु हुँदैन भनिएको छ ।

हिन्दू धर्मशास्त्रको परम्परा अनुसार हरितालिका तीजमा महिलाहरु व्रत बस्ने गर्दछन् शास्त्रमा यस्ता महिलाले पतिसँग सहवासगर्न नहुने र उनीहरु त्यस दिन पतिसँगसँगै सुत्न पनि हुदैन भनिएको छ,त्यसैकारणले गर्दा ब्रत बसेका बेला महिलाले पतिको घरबाट माइती जाने चलन छ ।

यस विषयमा यौन विज्ञहरु के भन्छन् :

चिकित्सा शास्त्रले आफ्नो शारीरिक र मानसिक अवस्था विचार गर्ने ब्रतालुलाई सुझाव दिने गरेका छन् ।

महिलाहरु व्रत बसेको बेलामा शारिरीक र मानसिक रुपमा कमजोर भएका हुन्छन् यस्तो अवस्थामा उनीहरुको शरीरमा पानीको मात्रा, ग्लुकोज लगायत क्यालोरी मात्रा पनि एकदमैकम हुन्छ । सहवासमा धेरै क्यालोरी खर्च भई थप कमजोर बनाउन सक्ने कारणले गर्दा केहि विशेषज्ञले शारीरिक सम्बन्धलाई अगाडी नबढाउनलाई सुझाव दिएका छन् ।

त्यस्तैगरी केहि विज्ञले दुईजनाबीच निर्भर हुने कुरा व्यक्त गदै व्रत बसेका बेला शारीरिक रुपमा थकान छैन भने सहज वातावरण बनाएर सम्बन्ध राख्दा फरक नपर्ने कुरा बताएका छन् ।

एक विज्ञका अनुसार एकचित्तले ब्रत बस्दा शरीर फुर्तिलो र चङ्गा भएर यौनइच्छा बढ्ने कारणले सम्बन्ध राख्दा केहि फरक नपर्ने बताएका छन् ।