सलाम छ यी डाक्टर दम्पत्तिलाई, जसले विगत ३२ वर्ष देखि मात्र १ रुपैयाँ शुल्कमा बिकट गाउँको बिरामीको उपचार गर्दै आएका छन् !

एजेन्सी, ९ माघ । कोहि डाक्टरले एक रुपैयाँ शुल्कमा बिरामीको उपचार गर्छन् भनेको सुन्दा पत्त्याउन गारो होला तर भारतका एक दम्पत्ति डाक्टरले लामो समयदेखि यसरी नै बिरामीको सेवा गर्ने गरेका छन् ।

भारतका डा. गोविन्द कोहले र उनकी श्रीमती डा. स्मिता कोहलेले एक रुपैयाँ शुल्कमा बिरामीको उपचार गर्ने गरेका हुन् ।

उनीहरुले विगत ३२ वर्ष देखि मेल्घट भन्ने ठाउँको एउटा दुर्गम गाउँमा एकजना बिरामीबाट १ रुपैयाँ मात्र शुल्क लिएर सेवा दिने गरेका छन्।

नि:स्वार्थ सेवा गर्ने अठोटका साथ एमबिबिएस पढेका डा. गोविन्दले मानिसहरु विभिन्न रोग र बालबालिकाहरु कुपोषणका कारण मरिरहेको उक्त ठाउँको बारेमा पत्रिकाबाट थाहा पाएका थिए । त्यसपछि त्यहाँ गएर नि:स्वार्थ सेवा गर्न थालेका उनले त्यहीं बसेर सेवालाई निरन्तरता दिने अठोट गरे ।

बिहे गर्दा पनि उनले एउटा बिरामीबाट १ रुपैयाँ मात्र शुल्क लिइने हुँदा ४० रुपैयाँले महिनाको खर्च धान्नुपर्ने शर्त राखेका थिए, जसलाई डा. स्मिताले सहर्ष स्विकारिन् । अहिले सम्म पनि खुशीका साथ दुवै जनाले गाउँलेहरूको सेवा गरिरहेका छन् ।