कन्काइष्ट राईको “अरुकै सिन्दुरले सजिए पनि” बोलको गीत सार्वजनिक ! (भिडियोसहित)

काठमाडौं, ९ माघ । गायक तथा संगीतकार कन्काइष्ट राईको आवाजमा राहेको “अरुकै सिन्दुरले सजिए पनि” बोलको गीत सार्वजनिक भएको छ ।

नशा एल्बमको शिर्ष गीत “अरुकै सिन्दुरले सजिए पनि” लाई नरेन्द्र खनालले लेखेका छन् । निकेश खड्काको निर्देशनमा रहेको गीतमा नायिका वर्ष सिवाकोटी, नायक पुष्प खड्का र पवन भट्टराईको अभिनय रहेको छ । गीतको छायाँकनमा बुद्ध थापाले गरेका हुन् ।

भिडियो हेर्नुहोस् :