आफ्नै छोरीलाई यौन दासीका रुपमा बेच्ने पिता पक्राउ !

काठमाडौँ, ९ माघ । आफ्नै छोरीलाई बेच्ने एक पिता पक्राउ परेका छन् ।

आफ्नै छोरीलाई भारत लागि बेच्ने युवतीका पिता सहित तीन जनालाई प्रहरीले नुवाकोटबाट पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा नुवाकोट दुप्चेश्वर गाउँपालिका का २२ वर्षीय सुनिल तामाङ र ३१ वर्षीय लक्ष्मी नेपाली रहेका छन् भने पक्राउ पर्ने पिताको नाम भने खुलाइएको छैन ।

गएको पुस २२ गते घरबाट बालिकालाई काठमाण्डौ हुँदै भारतको दिल्ली पुर्याइएको थियो । भारतबाट उद्धार गरिएपछि बालिकाले दिएको उजुरीको आधरमा आरोपी पिता सहित तीनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय नुवाकोटको भनाइ छ ।

पक्राउ परेका पिताले आफ्नै छोरीलाई यौन व्यवसायी बनाउने उद्धेश्यले भारतमा बेचेका थिए । पक्राउ परेका तीनै जनालाई मानव-बेचबिखनबिरुद्धको मुद्दा दायर गरिएको छ ।