फुटबल खेलाडी चढेको विमान ३ दिन देखि बेपत्ता

काठमाडौँ । अर्जेन्टिनाका फुटबल स्ट्राईकर खेलाडी इमिलियानो साला चढेको विमान ३ दिन देखि बेपत्ता भएको छ।

इङ्लिस प्रिमियर क्लब कार्डिफ सिटीका खेलाडी साला चढेको विमान सोमबार रातीदेखि सम्पर्कविहीन भएको हो।

अर्जेन्टिनामा जन्मिएका २८ वर्षीय साला हालै फ्रेन्च क्लब नान्तेसबाट कार्डिफ सिटीमा आवद्ध भएपछि विदा  मागेर आफ्नो नयाँ क्लब कार्डिफ आउँदै गर्दा उनी सवार विमान सम्पर्कबिहिन भएको हो। साला चढेको निजि विमानमा अर्का पिपियर मालिबु नामक व्यक्ति समेत रहेको बताइएको छ।