१ सय १४ विद्यार्थीको एक जना मात्र शिक्षक !

रूकुम, ९ माघ । रुकुम पूर्वको एक गाउँमा एउटै शिक्षकले १ सय १४ जना विद्यार्थीलाई पढाउने गरेका छन् ।

जिल्लाको सिस्ने गाउँपालिका, ४ काँडास्थित एक विद्यालयमा १ जना मात्र शिक्षक भएकाले उनैले १ सय १४ जना विद्यार्थीलाई पढाउनु परेको हो ।

५ कक्षासम्म संचालनमा रहेको उक्त विद्यालयमा दुई जना राहत शिक्षक कार्यरत रहेकामा एक जना शिक्षकले राजीनामा दिएको एक महिना पुगिसक्दा पनि पदपूर्ति हुन सकेको छैन ।