साँझपख गोंगबुमा गोली चल्यो : प्रहरीमाथि जाइ लाग्ने ती व्यक्ति को हुन् ?

काठमाडौं, ८ माघ । मंगलबार साँझ प्रहरीले काठमाडौंको गोंगबुमा गोली चलाएको छ ।

एक व्यक्ति प्रहरीमाथि जाइ लागेपछि प्रहरीले गोली चलाएको हो ।

त्यसरी प्रहरीमाथि जाइ व्यक्ति लाग्ने हतियार कारोबारी रहेको समाचारमा जनाइएको छ । प्रहरीले गोलि चलाएर ती व्यक्तिलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा काभ्रेका अभिलास तामाङ रहेका छन् ।

काठमाडौं प्रहरी परिसर, टेकुका प्रमुख एसएसपी वसन्त लामाले प्रहरीमाथि जाइलागेपछि गोली चलाउने परेको बताए ।