टाउकोमा एक्कासी ढुङ्गा खस्दा चालकको मृत्यु !

काठमाडौँ, ८ माघ । सडकमा गुडिरहेको ट्रकमाथि ढुङ्गा खसेर लाग्दा स्याङ्जामा चालकको मृत्यु भएको छ ।

मंगलबार गुडिरहेको ट्रकमाथि एक्कासी ढुङ्गा खसेर लाग्दा चालक स्याङ्जा पुतलीबजार नगरपालिका- ३ बाडखोला घर भएका २८ वर्षीय प्रेम शर्माको मृत्यु भएको हो ।

सिदार्थ राजमार्ग अन्तरगतको वालिङ-१३ गाहाखोलामा वालिङबाट गल्याङतर्फ जाँदै गरेको ग १ क ३७७२ नम्बरको ट्रकमाथि करिब ११ बजे ढुङ्गा खस्दा घाइते भएका शर्माको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायव उपरीक्षक प्रकाश विष्टले जानकरी दिए ।

उनको प्राथमिक स्वास्थ्य चौकी वालिङमा उपचारको क्रममा मृत्यु भएको जनाइएको छ ।