एकै पटक तीन ठुला अवार्ड जित्दै विश्व क्रिकेटमा विराट कोहलीले राखे कीर्तिमान !

एजेन्सी, ८ माघ । भारतीय क्रिकेटर बिराट कोहलीले एकै वर्ष तीन वटा अवार्ड एकसाथ जितेर विश्व क्रिकेटको इतिहासमा नयाँ कीर्तिमान कायम गरेका छन् ।

उनले आईसीसी वर्ष खेलाडी, आईसीसी वर्ष उत्कृष्ट टेस्ट खेलाडी र आईसीसी वर्ष उत्कृष्ट एकदिवसीय अन्तर्राष्ट्रिय खेलाडी जस्ता तीन वटा ठूलो अवार्ड हात पार्दै विश्व क्रिकेटको इतिहासमा नयाँ कीर्तिमान कायम गरेका हुन् ।

यसरी एकै वर्ष तीन ठुलो अवार्ड प्राप्त गर्ने कोहली प्[अहिलोखेलादी बनेका छन् । यो सँगै कोहली आईसीसीको ‘टेस्ट टिम अफ द एअर’ र ‘ओडीआई टिम अफ द एअर’को कप्तानसमेत भएका छन् ।

सन् २०१८ मा उत्कृष्ट लयमा रहेका कोहलीले ५५.०८ को औषतमा १३ टेस्टमा खेल्दै ५ सतकसहित १३२२ रन बनाएका थिए ।

यस्तै वर्ष २०१८ मा खेलेका १४ एकदिवसीय अन्तर्राष्ट्रियमा कोहलीले १३३.५५ को औषतमा ६ सतकसहित १२०२ रन बनाए। यस्तै १० वटा टी-२० अन्तर्राष्ट्रियमा २११ रन बनाए ।

मलेसियामा सन् २००८ मा सम्पन्न यु-१९ बिश्वकपको उपाधि जिताउने समय भारतीय टोलीको कप्तानी बनेका ३०वर्षीय कोहली वर्ष २०१८ मा संसारकै उत्कृष्ट टेस्ट र एकदिवसीय खेलाडी बनेका छन्। दुवै फर्म्याटमा कोहलीले सबैभन्दा धेरै रन बनाए।

वर्ष २०१८ मा एकदिवसीयमा ३ जनाले तथा टेस्टमा २ जनाले मात्र १,००० रनको आँकडा पुरा गरेका छन्।

आईसीसीले सर गारफिल्ड सोबर्सको नामबाट प्रदान गर्दै आएका टेस्ट क्रिकेटर अफ द इअरको अवार्डमा कोहलीले दक्षिण अफ्रिकाका कागीसो रबाडालाई पन्छाएका हुन्।

यता एक दिवसीयमा कोहलीले अफगानिस्तान लेग स्पिनर राशिद खानलाई पन्छाएका हुन्।

ऐतिहासिक उपलब्धि हासिल गरेपछि कोहलीले आफू यो सफलताबाट एकदमै खुसी भएको बताए।

‘यो मैले वर्ष भरि गरेको मेहनतको पुरस्कार हो। म मेरो टिम प्रति पनि धन्य छु जसले मसँगै राम्रो गरिरहेको छ। एउटा क्रिकेटरको रुपमा म गर्व गर्छु किनकि बिश्व स्तरमा धेरै क्रिकेटरहरु यो खेलखेली रहेका छन्,’ उनले भने।

कोहलीले गत वर्ष पनि आईसीसी एकदिवसीय वर्ष खेलाडीको अवार्ड जितेका थिए भने सन् २०१२ मा पनि यो उपलब्धि हाँसिल गरेका थिए।