गस्ती टोलिले गोलि चलाएपछि काठ तस्कर फरार

काठमाडौँ। सोमबार राती डिभिजन वन कार्यालय रौतहटको गस्ती टोलीले काठ तस्कर गर्नेमाथि गोलि चलाएर काठसहितको जिप नियन्त्रणमा लिएको छ।

गस्तीमा खटिएको टोलिले पूर्व–पश्चिम राजमार्गको पौराईस्थित पौराई जंगलको राजमार्ग छेउबाट सालको काँचो गोलियासहित बोलेरो जिपलाई नियन्त्रणमा लिएको हो।

साहयक वन अधिकृत महेन्द्र प्रसाद जयसवाल नेतृत्वको गस्ती टोलिले एक राउण्ड गोलि चलाएपछि तस्करहरु अर्को जिपमा भागेको र काठ लोड गरिएको जिपलाई नियन्त्रणमा लिईएको डिभिजन वन कार्यालय रौतहटले जनाएको छ।