रवि लामिछानेसँग विवाह बन्धनमा बाधिएपछि निकिताले दिईन यस्तो प्रतिक्रिया..”बाहिर आएजस्तो हाम्रो प्रेम सम्बन्ध थिएन”

काठमाडौं । न्युज२४ टेलिभिजनद्वारा सञ्चालित ‘सिधा कुरा जनतासंग’का चर्चित सञ्चारकर्मी रबि लामिछाने र चलचित्र विकास बोर्डकी अध्यक्ष निकिता पौडेलबीच सोमबार दिउसो काठमाडौँ जिल्ला अदालतमा ‘कोर्ट म्यारिज’ गरेका हुन् ।

रबिले डिभोर्स गरे लगत्तै फेरी निकितासंग लगनगाठो कसेका छन् । रबि आफैले आफ्नो सामाजिक सञ्जाल मार्फत विवाहको खबर सार्वजनिक गरेका हुन् । सामाजिक सञ्जाल विवाह सार्वजनिक गर्दै रविले लेखेका छन्, ‘व्यक्तिगत जीवनले नयाँ मोड लिएको छ ।’

निकिताले पनि यो कुरालाई स्वीकार गरेकी छिन् । तत्काल विवाह गरिहाल्ने कुनै योजना नभएको र आगामी नया बर्ष बैशाखमा मात्र विवाह गर्ने योजना बनाए बेला बजारमा चलेको विभिन्न चर्चा परिचर्चाले बाध्य भएर विवाह गर्ने निर्णय गरेका हौ ।’भन्छिन उनि ।

परिवारको सहमतिमै परम्परागत रुपमा वैशाखको तेस्रो साता विवाहको योजना गरेको पौडेलले सुनाइन् । उनले थपिन् ‘विवाह भोज सबैलाई खुवाउँछु । पुर्व पत्नी ईशासंग रविको सम्बन्ध विच्छेद हुदा निकितासंग प्रेम सम्बन्ध रहेको इशाले खुलाएकी थिइन् । तर पौडेलले बाहिर भने जस्तो प्रेम सम्बन्ध नभएको उनले बताइन । ‘हामी दुवै एक्लै थियौँ । आफन्तले विवाहको प्रस्ताव ल्याए । हामीले पनि उचित ठानेर स्वीकारेका हौँ ।’