बच्चा जन्माउन नसकेको भन्दै श्रीमतीलाई जिउँदै घाट लगेर जलाउन लागेको बेला प्रहरी पुगेपछि..

बिहार । बेला बेला सुन्ने गरेका छौ, जिउदै मानिसलाई घाट लगेर जलाउन ठिक्क पारेर फेरी फर्काइयो भन्ने हो त्यस्तै भारतको विहारमा एक घटना घटेको छ । एक महिलालाई बच्चा जन्माउन नसकेको भन्दै जिउँदै जलाउन खाेजिएको हो । उक्त घटना उनका भाइले बताएका छन् । महिलाले बच्चा जन्माउन नसकेको भन्दै उनका पति लगायत सासुससुराले यस्तो गर्न खोजेका हुन् ।

विवाह भएकाे १० वर्षसम्म पनि ती महिलाकाे काेखबाट बच्चा जन्मन सकेन । यही अाराेपमा उनका पतिले सधैँ कुटपिट गर्ने गरेका थिए । साेमबार पनि उनका पतिले मरणासन्न हुनेगरी पिटेका थिए । महिला बेहाेस भएपछि बिहारकै भोजपुर जिल्लाको सारीपुर गाँउमा अवस्थित सोन नदीको किनारमा लगेर जिउँदै जलाउन खाेजिएकाे थियाे ।

एक स्थानीय पत्यक्षदर्शीले घटनाका बारेमा प्रहरीलाई खबर गरेका थिए । समयमै प्रहरी आइपुग्दा उनी बाँच्न सफल भइन् । सो महिलाका भाइ गणेश ठाकुरले आफ्नी बहिनीका घरबाट बच्चाको माग गर्दै कुटपिट गरेको आरोप लगाएका हुन् । (भारतकाे स्थानीय अखबार ‘प्रभात खबर’बाट अनुदित)