घरेलु हिँसाको पराकाष्ठ : बिहे गरेको १० बर्षसम्म पनि बच्चा जन्माउन नसकेको भन्दै आफ्नै श्रीमानले यी महिलालाई जिउँदै जलाउन खोजेपछि …!

बिहार, ८ माघ । नेपालको छिमेकी देश भारतमा जघन्य अपराधहरु हुने गरेका छन् । भरखरै सार्बजनिक भएको खबरअनुसार अपराधले भारतको एक गाउँमा पराकाष्ठ नै नाघेको छ ।

हो, विहारका एक महिलालाई बच्चा जन्माउन नसकेको भन्दै जिउँदै जलाउन खाेजिएको छ । पिडित महिलाका भाइले बताए अनुसार महिलाले बच्चा जन्माउन नसकेको भन्दै उनका पतिलगायत सासुससुराले यस्तो गर्न खोजेका हुन् ।

विवाह भएकाे १० वर्षसम्म पनि ती महिलाकाे काेखबाट बच्चा जन्मन सकेन । यही अाराेपमा उनका पतिले सधैँ कुटपिट गर्ने गरेका थिए । साेमबार पनि उनका पतिले मरणासन्न हुनेगरी पिटेका थिए । महिला बेहाेस भएपछि बिहारकै भोजपुर जिल्लाको सारीपुर गाँउमा अवस्थित सोन नदीको किनारमा लगेर जिउँदै जलाउन खाेजिएकाे थियाे ।

एक स्थानीय पत्यक्षदर्शीले घटनाका बारेमा प्रहरीलाई खबर गरेका थिए । समयमै प्रहरी आइपुग्दा उनी बाँच्न सफल भइन् । सो महिलाका भाइ गणेश ठाकुरले आफ्नी दिदीका घरबाट बच्चाको माग गर्दै कुटपिट गरेको आरोप लगाएका हुन् । (भारतकाे स्थानीय अखबार ‘प्रभात खबर’बाट अनुदित)