यी दुई युवतीको हर्कत हेर्नुहोस् : गुडिरहेको कारमाथि चढेर उत्तेजित डान्स गर्दै ! (भिडियो)

एजेन्सी, ८ माघ । दुई युवतीहरु गुडिरहेको कारमाथि चढेर डान्स गरिरहेको एक भिडियो यतिबेला सामाजिक संजालमा भाइरल भएको छ । त्यो भिडियो हेर्दा जो कसैको पनि मुटु थर थर काप्छ ।

कारभित्रबाट चर्को स्वरमा म्युजिक बजिरहेको छ । कारमाथि डान्स गर्नुपूर्व उनीहरुले कारको नम्बर प्लेट हटाइदिएका छन् । प्रहरीले देखे पनि आफूहरु माथि कुनै कारवाही नहोस भन्ने उनीहरुको चाहना देखिएको छ ।

संचारमाध्यमहरुले यी युवती अमेरिकाको भएको दाबी गरेका छन् । उनीहरुले मानिसको ध्यान आफूतर्फ आकर्षित गर्न यस्तो काम गरेको अनुमान गरिएको छ । प्रहरीले यी दुई युवतीलाई चेतावनी दिँदै ट्राफिक नियमको उल्लघंन गरेको जनाएको छ ।

भिडियाे हेर्नुहोस् :