चर्चित बलिवुड प्लेब्याक सिंगर नेहा कक्करले एउटा गित गाए वापत लिन्छिन यति धेरै पारिश्रमिक

काठमाडौँ । नेहा कक्कर बलिउडकी अत्यन्तै ब्यस्त प्लेब्याक सिंगर हुन् । हिजो आज उनि गायनमा मात्र हैन टिभी रियालिटी शोमा पनि निर्णायकको रुपमा आवद्द छन । नेहा कुनै समय इन्डियन आइडलको एक प्रतियोगी थिइन । उनि आइडल हुन त सकिनन् तर अहिले नेहा जत्ति चर्चा आइडल बिजेताको पनि छैन । कक्कड अहिले एक निक्कै चर्चित गायिका हुन् ।

नेहाको स्वर धेरै फिल्मको गितहरुमा सुन्न सकिन्छ । उनले गएको गितहरु युट्युबमा सैयौ मिलियन पटक हेरिएको छ ।

यत्ति हिट नेहाले एउटा गित गाए बापत कति पारिश्रमिक लिन्छिन होला ? सबैको जिज्ञासा रहेको छ । भारतीय मिडियाका अनुसार नेहाले एक गीत गाए बापत १० देखि १५ लाख भारतीय रुपैया लिन्छिन् ।

नेहा निकै महंगो गाडी रेन्ज रोभर, मार्सिडिज लगायतका कार चढ्ने गर्दछिन ।