डोनाल्ड ट्रंपलाई टक्कर दिन अमेरिकी राष्ट्रपति पदका लागि भारतीय मुलकी कमला देवीद्वारा उम्मेदवारी घोषणा, उनि पहिलो अश्वेत नागरिक

वासिङ्टन, ७ माघ । अमेरिकी सिनेटर कमला हरिशले सोमबार राष्ट्रपतिका लागि उम्मेदवारी घोषणा गर्नुभएको छ ।

राष्ट्रपति डोनाल्ड ट्रम्पसँग प्रतिश्पर्धा गर्न उम्मेदवारी घोषणा गर्नेहरुको भिडमा उहाँले पनि उम्मेदवारी घोषणा गर्नुभएको हो ।

अमेरिकी मुल्य मान्यताका लागि र आगामी दिनमा अमेरिका आफैमा भर पर्नु पर्छ भन्ने पक्षमा उभिदै आफुले राष्ट्रपतिका लागि उम्मेदवारी घोषणा गरेको उहाँले बताउनु भएको छ ।

सामाजिक सञ्जाल ट्वीटरमा राखेको भिडियो सन्देश मार्फत् उहाँले उम्मेदवारी घोषणा गर्नु भएको समाचारमा जनाइएको छ ।

सान फ्रान्सीस्कोका लागि २००४ देखि २०११ सम्म दुई कार्यकाल जिल्ला प्रतिनिधि हुनु भएकी दुई पटक क्यालिफोर्नियाको आम निर्वाचनमा पनि निर्वाचित हुनुभएको थियो । त्यो कार्यकाल उहाँको २०११ देखि २०१७ सम्म थियो ।

अमेरिकाको अन्त्यधिक जनसंख्या भएको यस राज्यमा उहाँ कानुन कार्यान्वयन प्रमुख अधिकृत बन्ने पहिलो महिला मात्र नभई पहिलो अश्वेत नागरिक पनि हुनुहुन्छ । उहाँ भारतीय टमिल महिलाकी छोरी हुनुहुन्छ ।

अमेरिकाको इतिहासमा उहाँ दोस्रो अश्वेत महिला सिनेटर हुनुुहुन्छ । पहिलो अश्वेत महिला सिनेटर कारोल मोसेलेय ब्राउन हुनुहुुन्थ्यो ।

अमेरिकामा झण्डै २२ महिना पछि सन् २०२० मा राष्ट्रपतीय निर्वाचन हुन लागेको छ । त्यसका लागि अन्य नेताहरुले पनि उम्मेदवारी घोषणा गरेका छन् भने उम्मेदवारी घोषणा गर्ने क्रम चलिरहेको छ । रासस÷एएफपी