अमेरिकामा यस्तो अवस्थामा भेटिए अनमोल र सुहाना ! (तस्बिर सहित)

काठमाडौँ, ७ माघ । चलचित्र ‘ए मेरो हजुर ३’को अन्तिम छायांकनका लागि करिब २ साता अगाडी अमेरिका पुगेका अभिनेता अनमोल केसी र नव-नायिका सुहाना थापाको रोमान्टिक तस्विरहरु सार्बजनिक भएको छ ।

चलचित्र ‘ए मेरो हजुर ३’ मा समावेश एक गित र फिल्मका बाँकी रहेका केही दृश्यको छायांकनको क्रममा खिचिएका तस्बिरहरु यतिबेला सार्बजनिक भएको हो ।

अभिनेत्री तथा निर्देशक झरना थापाको निर्देशनमा बन्न लागेको यस चलचित्रलाई झरनाका श्रीमान सुनिल कुमार थापाले निर्माण गरेका हुन् ।

निर्देशक झरना थापा, निर्माता सुनिल कुमार थापा, अभिनेता अनमोल केसी, नव-नायिका सुहाना थापा, कलाकार सरोज खनाल लगायतका टिम अमेरिकामा फिल्म छायांकन सकेर सोमबार नेपाल फर्कदै छन् ।

चैत्र २९ गतेबाट रिलिज हुने यस चलचित्रमा अनमोल, सुहाना र सरोजसँगै सलोन बस्नेत, अर्पण थापा, रबिन्द्र झा लगायतका कलाकारको अभिनय रहेको छ ।

तस्बिरहरु हेर्नुहोस् :