यी हुन् बलिउडकि चर्चित महँगो गायिका ! एउटै गीत गाएको १५ लाख भारु लिन्छिन !

काठमाडौं । बलिउड चर्चित मोडेल तथा गायिका नेहा कक्कड बलिउडको एक चर्चित नाम हो । बलिउड फिल्म इन्ड्रष्टिको फिल्ममा उनलाई रोज्ने धेरै छन्। तर  नेहाले एउटा गीत गाएबापत लिने पारिश्रमिक निकै चर्को छ ।

आफ्नो स्वर मात्र नभएर सुन्दरताका कारण पनि चर्चामा आउने गरेकी उनले एउटा गीत गाएबापत १० देखि १५ लाख भारु पारिश्रमिक लिने गरेकी छिन् । महँगो गाडीकी सौखिन नेहासँग आर्डी, रेन्ज रोभरका साथै मार्सिडिजजस्ता महँगा कार छन् । उनको कुल सम्पत्ति एक सय करोड रहेको बताइन्छ ।

पछिल्लो समय प्रेमीसँगको विछोडका कारण चिन्तित रहेकी उनी केहीअघि डिप्रेसनको सिकार भएकी थिइन् । नयाँ पत्रिकामा खबर छ । उनले इन्स्टाग्राममा लेखेकी थिइन्, ‘हो, म डिप्रेसनमा छु । तपाईंहरू सफल हुनुभयो । संसारभरका नकारात्मक मान्छेहरूका कारण यो सब भएको हो । जो मलाई मेरो जीवनको सबैभन्दा दुःखद दिनका लागि सफल भए ।’ उनी इन्डियन आइडल सिजन २ की प्रतिस्पर्धी हुन् ।