बाइक चलाउँदा हेलमेट नलगाएक युवाको भयो यस्तो दुर्गति ! (भिडियोसहित)

एजेन्सी, ६ माघ । मोटरसाइकलमा हेल्मेट नलगाई यात्रा गर्ने युवाको दुर्गति भएको एक भिडियो यतिबेला इन्टरनेटमा भाइरल भैरहेको छ ।

भिडियोमा तीन जना युवक एक बाइकमा देखिन्छन् । यसैक्रममा बाइक सडकमा हिडिरहेको एक गाईसँग ठोक्किन्छ । गाई पनि लड्छ, बाइक पल्टिन्छ ।

तीनै जनालाई सामान्य चोट लाग्छ । यसपछि त्यहाँ रहेका मानिसहरुले ती युवकहरुलाई बाइक चलाउँदा हेलमेट लगाउनु पर्ने शिक्षा दिन्छन् ।

तिब्र गतिमा भाइरल भएको यो भिडियोलाई हालसम्म १ करोड ४० लाखभन्दा धेरै पटक हेरिएको छ ।