पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले वाम बुद्धिजीवी प्रा डा माणिकलाल श्रेष्ठको स्वास्थ्यवस्था बारेमा जानकारी लिए

काठमाडौँ, ६ माघ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले वाम बुद्धिजीवी प्रा डा माणिकलाल श्रेष्ठको स्वास्थ्यवस्था बारेमा जानकारी लिनुभएको छ ।

तीनदेखि स्वास्थ्यमा समस्या आएपछि प्रा डा श्रेष्ठ ललितपुरस्थित मेडीसिटी अस्पतालमा उपचारत हुनुहुन्छ । अध्यक्ष दाहालले प्रा डा श्रेष्ठको स्वास्थ्यलाभको कामना गर्नुभएको उहाँका प्रेस सल्लाहकार विष्णु सापकोटाले जानकारी दिनुभयो । चिसोका कारण निमोनिया भएपछि प्रा डा श्रेष्ठ अस्पताल भर्ना हुनुभएको हो । अध्यक्ष दाहालले प्रा डा श्रेष्ठको स्वास्थ्योपचारमा संलग्न चिकित्सकसँग आवश्यक परामर्शसमेत गर्नुभएको थियो । रासस