मृत्युपश्चातको लागि शाहरुखको यस्तो योजना !

काठमाडौ, ६ माघ । बलिउड चर्चित अभिनेता शाहरुख खानले मृत्युपछि आफ्नो ३ छोराछोरीकोलागी पैसा नछोड्ने कुराको खुलासा गरेका छन् ।

भारतीय एक न्युज च्यानलको अन्तरवार्तामा आफु मध्यम वर्गको भएकाले र आफ्नो इच्छा विलकुलै पैसा नभएकाले यस्तो निर्णय गरेको बताएका हुन् ।

अहिलेसम्म आफुले कमाएको पैसा फिल्म बनाउन र अन्य ठाँउमा खर्च गदै आएको पनि उनले बताए ।

तर उनले आफ्ना ३ सन्तानको लागी गुणस्तरीय शिक्षा र मृत्युपछि घर चाही छोड्दिने बताएका छन् । किनभने उनी मुम्बई आउने बेलामा उनीहरुको घर थिएन् । हामी जस्तै आफ्नो तरिकाले सादा जिएर बाचुँन भन्ने चाहना रहेकाे शाहरुखले बताएका छन् ।

उनको परिवारमा अहिले ३ सन्तान आर्यन , सुहाना , अबराम र श्रीमती गौरी रहेकी छिन् । उनले आफ्नो करियरको सुरुवात फिल्म बाजीगरबाट सुरु गरेका थिए । उनको भर्खरैमात्र फिल्म जिरो रिलिज भएको थियो ।