मलेसियामा एक नेपालीको छुरा प्रहार गरी हत्या, एक घाइते

मलेसिया । मलेसियामा एक नेपालीको छुरा प्रहार गरि हत्या। मलेसियाको राजधानी केपोङ्गको एक कम्पनीमा कार्यरत इन्द्र तामाङको हत्या भएको हो।

नेपाली र म्यानमारका कामदारबीच विवाद हुँदा झगडा छुट्याउन खोज्दा मलेसियन नागरिकको छुरा प्रहारबाट तामाङको ज्यान गएको हो ।ललितपुरका इन्द्र तामाङको मृत्यु भएको हो । छुरा लागेर झापाका लालबहादुर लिम्बु घाइते भएका छ । उहाँलाई राती नै अस्पताल भर्ना गरिएको छ । छुरा प्रहार गर्ने म्यानमार नागरिक भने फरार छन् ।