यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते, २ जना गम्भीर !

तुलसीपुर, ५ माघ । दाङको तुलसीपुर–१२ मा २४ जना यात्रु घाइते हुने गरी यात्रु बस दुर्घटना भएको छ ।

तुलसीपुरबाट दमार गाउँतर्फ जाँदै गरेको रा १ ख ४९४ नम्बरको बस आज दिउँसो दुर्घटना भएको हो ।

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख एवम् प्रहरी नायब उपरीक्षक प्रेमबहादुर शाहीकाअनुसार दुर्घटनामा परी गम्भीर घाइते तुलसीपुर–६ का आशा विक र तुलसीपुर–११ कि गीता मल्ललाई थप उपचारका लागि नेपालगञ्ज पठाइएको छ भने अन्य घाइतेको अञ्चल अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ ।